वाग्मतीका प्रदेशका ६ जिल्लामा बर्डफ्लु
नुवाकोट । वाग्मती प्रदेशका ६ जिल्लामा बर्डफ्लु देखा परेको छ । वाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौंडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो ।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार माघ १६ गतेदेखि हालसम्ममा संक्रमण देखिएको हो । हालसम्म बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको छ ।
‘संक्रमण देखिएको स्थानबाट रोग अन्यत्र फैलिन नदिन नमुना संकलन र निगरानीका कार्यहरु हामीले सञ्चालन गरिरहेका छौं ।’, सचिव पाण्डेले भने । बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ ।
मन्त्रालयले बर्डफ्लुको समयमै निदान र नियन्त्रणका लागि वाग्मती प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीहरुलाई लामो विदामा नबस्न र जिल्ला नछाड्न पत्रचारसमेत गरेको छ । उनका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बर्डफ्लुको परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
‘प्रत्येक जिल्लाको नाकामा जाँचमा कडा व्यवस्था र ढुवानीमा रिपोर्ट अनिवार्य गरेका छौं,’ उनले भने,‘प्रदेशभित्र बर्डफ्लु नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न कृषि तथा पशुविज्ञान अध्ययन संस्थानसँग छलफल गरिरहेका छौं ।’ मन्त्रालयले कृषकहरुलाई बर्डफ्लु रोगको सूचना छिट्टो प्रवाह गर्न टोल फ्री नम्बरको व्यवस्था समेत गरिएको जनाएको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया