काभ्रे एमालेका प्रभावशाली नेताहरु नेपाली कांग्रेस प्रवेश
नुवाकोट । नेकपा एमालेका प्रभावशाली जिल्ला नेताहरु नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्धारा धुलिखेलमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरणले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुहुने जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गर्नुभएको थियो ।
नेपाली कांग्रेसका प्रवक्ता डा. महतले देशको विकास र जनताको सुख समृद्धिको लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उहाँहरुले लिनुभएको निर्णयको सही भएको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेसको आदर्श,सिद्धान्त,नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गर्नुभएका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकामना पनि दिनुभएको थियो ।
कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईले दिनुभएको जानकारी अनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाबिस अध्यक्ष साधुराम बडाल , उपाध्यक्ष विष्णुबहादुर बस्नेत , निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ, नेकपा एमालेका नेता माधबमणि हुमागाई, जिल्ला सदस्य मुरारी हुमागाईँ , एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत , नगर एमाले नगर सदस्य यादब गौतम ,धनञ्जय हुमागाई, अर्जुनबहादुर भुजेल , रामकृष्ण भुजेल लगायत सयौंको संख्यामा नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरु नेपाली कङ्ग्रेसमा प्रवेश गर्नुभएको छ ।

हुमागाईँ तत्कालिन जिल्ला बिकास समितिका सदस्य तथा नेकपा एमालेका पूर्व क्षेत्रीय अध्यक्ष रहिसक्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँ नेकपा एमालेका प्रदेश कमिटि सदस्य पनि हुनुहुन्थ्यो ।
तीन दशक लामोसमयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाइँँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहनुभएको थियो ।
स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेकोले धुलिखेलसहित समग्र काभ्रे जिल्लामा नेपाली कांग्रेसलाई फाइदा हुन पुगेको छ ।
केहि दिन अघि मात्रै धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगमले पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नुभएको छ ।
यसले धुलिखेल नगरपालिकाको आउदो चुनावमा नेपाली कांग्रेसलाई बलियो बनाउन मद्दत पुर्याएको छ ।
नेकपा एमालेको जिल्ला अध्यक्ष समेत रहनुभएका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठको जनाधार कमजोर बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया