वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्म स्थगित

विदुर खबर २०७८ चैत ८ गते १९:४३

नुवाकोट । वाग्मती प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

Advertisement

मंगलबार सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा पेस भएको विधेयकहरु दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएर  अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ४० मिनेट ढिलो गरी सुरु भएको थियो । सदनमा सांसदको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो । सदनमा सांसदको न्यून उपस्थिति रहेको थियो ।

Advertisement

बैठकले सदनमा पेस भएका ३ वटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गरी त्यसको दफावार छलफलका लागि समितिमा पठाउन स्वीकृती प्रदान गरेको हो ।

प्रतिक्रिया