किन मनाइन्छ ‘ईद–उल–अजहा’

विदुर खबर २०७५ भदौ ६ गते ५:१७

Advertisement

इस्लाम धर्मको खास पर्व ‘ईद–उल–अजहा’ संसारभर मनाइन्छ । यो पर्व इस्लामिक क्यालेन्डरको १२ औं तथा अन्तिम महिना ‘जुलहिज्जाह’ को १० औँ दिनमा मनाइन्छ । यसलाई बकरीद वा कुर्बानी पनि भनिन्छ । किनकी यसदिन धार्मिक मान्यताअनुसार खसीको कुर्बानी दिइन्छ । मुस्लिम समुदायका मानिस यस दिन इदगाह (खुल्ला चौर)मा सामुहिक नमाज पढेर एक अर्कालाई अंकमाल गर्दै खुसी साटासाट गर्छन् । यो पर्व तीन दिनसम्म मनाइन्छ ।

Advertisement

‘ईद–उल–अजहा’ लाई ईद–उल–जुहा पनि भनिन्छ । यो नाम अधिकांश अरेबियन देशमा प्रयोग हुन्छ । तर नेपालमा यस पर्वलाई बकरीद वा कुर्बानी भन्ने गरिन्छ । ईद उल फित्र मनाएको ७० दिनपछि यो पर्व मनाइन्छ । विश्वका मुस्लिमहरुले यो पर्व मनाउने भएकाले आआफ्नो भूगोलमा पाइने चौपायालाई कुर्बानी दिने गर्छन् ।

धार्मिक सदभाव

Advertisement

मुस्लिम समुदायले इदगाहबाट नमाज पढेर फर्केपछि खसीलाई जब्हिअ (हलाल) गरिन्छ । घरमूलीको नाममा खसी हलाली सकेपछि मासुको तीन भाग लगाइन्छ र एक भाग घरमा , दोस्रो भाग इष्टमित्र नातेदार र तेस्रो भाग मस्जिदमा पु¥याइन्छ । र गाउँभरबाट त्यसरी नै जम्मा भएर आएको मासुलाई गाउँमा रहेको सबै मुस्लिम घर परिवारमा बाँडिन्छ । सबैले कुर्बानी गर्न अनिवार्य छैन ।

जोसँग १० तोला सुन र ५० तोला चाँनदी बराबरको सम्पत्ति छ, उसले कुर्बानी गर्नु अनिवार्य छ । कुर्बानीको दिनदेखि ५ दिन सम्म विश्वका मुस्लिम समुदायले साउदी अरबमा रहेको मक्कामा हज गर्छन्, जुन इस्लाम धर्मको ५ स्तम्भमध्येको एक हो ।

कुर्बानी दिनुको पछाडि एउटा कथा र मान्यता छ

इस्लाम मान्यताअनुसार संसारमा करिब १ लाख २४ हजार पैगम्बर यानिकी अल्लाहका दूत आए, जसमध्ये एक पैगम्बर मुहम्मद इब्राहिम भए । धार्मिक मान्यताअनुसार उनकै पालामा खसीको कुर्बानीको शुरुआत भएको मानिन्छ ।  एकदिन अल्लाहले हजरत इब्राहिमलाई सपनामा उनको सबैभन्दा प्रिय बस्तुको कुर्बानी मागे । हजÞरत इब्राहिमलाई सबैभन्दा प्रिय उनको छोरा थिए । उनले आफ्नो छोराको कुर्बानी दिने निर्णय गरे । निर्णयअनुसार हजÞरत इब्राहिमले आफ्नो छोरा बलि दिन उसको घाँटीमा प्रहार गरे । त्यसै समय अल्लाहले चक्कूको प्रहारबाट हजÞरत इब्राहिमको छोरालाई बचाएर एउटा खसी कुर्बानी दिलाए । त्यसपश्चात कुर्बानीका रूपमा खसी कुर्बानी दिने गरिएको हो ।

प्रतिक्रिया