विद्यार्थीहरूलाई पोसाक वितरण
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–८ हात्तिगौडामा रहेकाे भैरुम माविका कक्षा ११ र १२ का विद्यार्थीहरूलाई पोसाक वितरण गरिएको छ ।

विदुर नगरपालिका–८ हात्तिगौडामा रहेकाे सारथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरुम माविमा अध्ययनरत एक सय जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेको हो । सहकारीले सहकारीको सातौँ सिद्धान्त ’समुदायप्रति चासो’ अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एक सय जना विद्यार्थीहरूलाई एक/एक थान विद्यालय पोसाक हस्तान्तरण वितरण गरेकाे हाे ।
विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई सहकारीका अध्यक्ष गोकर्ण रोक्का, व्यवस्थापक सुदीप श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबिन श्रेष्ठ, प्रधानाध्यापक शिवराम श्रेष्ठ, +२ का कार्यक्रम संयोजक नारायण श्रेष्ठलगायतले हस्तान्तरण गरेका थिए ।
सहयोगले विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद गतिविधिमा थप प्रोत्साहन मिल्ने विश्वास सहकारी र विद्यालयले लिएकाे छ। सहकारीको सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’ लाई आत्मसात् गर्दै विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का एक सय जना विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गरिएको सहकारीका अध्यक्ष गोकर्ण रोक्काले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया