नुवाकोटको टोलटोलमा कांग्रेस प्रतिनिधि
नुवाकोट । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार घरघर जाऊ, कांग्रेस जिताऊ अभियान सोमवारदेखि नुवाकोटमा शुरु भएको छ ।

अभियानमा नुवाकोटको प्रत्येक टोलटोलमा कांग्रेसका प्रतिनिधिहरु पुग्न थालेका छन् । यसैक्रममा सोमवार नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिका वडा नम्बर १ को कार्यसमितिले पनि टोल कार्य समिति निर्माण कार्य सम्पन्न गरेको छ ।
आपचौर टोल कार्यसमितिको अध्यक्षमा शिवराम राई , वानियाटार टोल कार्यसमितिको अध्यक्षा रत्नवा राई साथै सिमारा टोल कार्यसमितिको अध्यक्षमा हरिकृष्ण खगुरालको अध्यक्षतामा गठन भएको छ ।

टोल कार्यसमिति गठन तथा प्रमाणपत्र वितरण कार्यक्रममा केन्द्रीय सदस्य एंव केन्द्रीय प्रतिनिधि मदन वहादुर अमात्यको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अमात्यले अभियानको क्रममा पार्र्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझाव समेत लिने जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले जिल्लाभर कांग्रेस जनतासंग प्रत्यक्ष जोडिएर नेपाली कांग्रेस टोलटोलबाट वलियो भएर प्रदेश क्षेत्र कब्जा गर्न सक्षम हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेता डा.केदार नरसिंह के सि जिल्ला सदस्यहरु सिता पराजुलि खड्का , गणेश सिटौला , साथै प्रदेश सभापतिहरु रामजि पैडेल , सुशील खड्का ,क्षेत्रीय सचिव शिव गुनि ,गापा सभापति माधव प्रसाद खनाल , पुर्व महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र ,उपेन्द कुईकेल, सुवर्ण श्रेष्ठ ,रामेश्वर थापा पुरषोम खड्का भगवान पैडेल , राजु के सि लगायत नेताहरुको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया