चुनावमा माओवादीले जितेन भने जनक्रान्तिका उपलब्धिले हार्छ : दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा स्थानीय तहको निर्वाचन जित्नैपर्ने बताएका छन् । उनले परिवर्तनमा लागेको पार्टीले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताएका हुन् ।

विराटनगरमा आइतबार आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत गर्न माओवादीले निर्वाचन जित्नुपर्ने तर्क गरेका हुन् । ‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धिले हार्छ, समावेशी, समानुपातिक लोकतन्त्रले हार्छ,’ उनले भने ।
दाहालले नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्ने कसरत भइरहेको पनि बताए । माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको उनको दाबी थियो । कसले त्यसो गरिरहेको हो भन्ने उनले उल्लेख नगरी भने, ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय व्यवस्था स्थापित गर्न विदेशी शक्ति लागेको छ ।’
आगामी निर्वाचनलाई सामान्यरूपमा नलिन दाहालको कार्यकर्तालाई निर्देशन थियो । समावेशी लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति माओवादीको निरन्तरको निष्ठा रहेकाले त्यसलाई उल्ट्याउने षड्यन्त्र असफल पार्न परिस्थितिले जे माग गर्छ त्यही गर्न तयार रहेको उनको भनाइ थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया