तीनै तहमा गठबन्धन गर्नुपर्छ धेरै हल्ला नगर्नुस् : देउवा
नुवाकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।

नेपाली कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले केन्द्रदेखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताएका हुन् । बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्न मिल्दैन ।’
गठबन्धनमा आवद्ध दलहरुबीच स्थानीयदेखि माथिल्लो चुनावमा तालमेल गर्न छलफल हुने उनले बताए ।
अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भन्दै देउवाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको जिकिर गरे । ‘संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसैसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, केही ठाउँमा समस्या होला, तर कुराकानी गरेर मिल्नुपर्छ ।’
देउवाले अघि भने, ‘एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं । गठबन्धन गरेर स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं ।’
प्रजातन्त्र र कांग्रेसका लागि पनि अहिलेको गठबधन जोगाउनुपर्ने भन्दै देउवाले साझेदार दलहरुको आलोचना नगर्न आग्रह गरे । उनले भने, ‘त्यसकारण हाम्रो बोली भाषाले गठनबन्धनका भाषाले अन–नेसेसरीली चिढ्याउने काम गर्नु हुँदैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया