पाँच महिनादेखि न्यायालय नेतृत्वविहीन

काठमाडौं, विगत पाँच महिनादेखि न्यायालय नेतृत्वविहीन अवस्थामा छ । गत ०७४ फागुन ३० मा न्यायपरिषद्ले तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्ती र सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाइ समितीबाट अस्वीकृत भएसँगै न्यायालयले नयाँ नेतृत्व पाउन सकेको छैन । जस कारण सर्वोच्चमा नीतिगत निर्णयदेखि संवैधानिक इजलाससमेत प्रभावित बनेको छ ।
हाल सर्वोच्चमा १९ जना न्यायाधीशले न्याय सम्पादन गरिरहनुभएको छ । जसमध्ये वरिष्ठ न्यायाधीश कायममुकायमको हैसियतमा जोशी बिदामा हुनुहुन्छ । यस्तै सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्रले कायममुकायमको हैसियतमा सर्वोच्चको नेतृत्व गरिरहनुभएको छ । संविधानको धारा १२९ अनुसार सर्वाेच्चमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा बीस जना न्यायाधीश रहने व्यवस्था गरिएको छ । तर, हाल सर्वोच्चमा प्रधानन्यायाधीश सहित १९ जना न्यायाधीश कार्यरत छन् ।
सर्वोच्चमा एक प्रधानन्यायाधीशसहित दुई न्यायाधीश पद पर्ति हुन सकेको छैन । यस्तै वरिष्ठ न्यायाधीश जोशी बिदामा बसेसँगै उहाँले पनि न्याय सम्पादनको काम गर्नुभएको छैन । वकिलहरुको छाता संगठन नेपाल बार यसोसिएसनले न्यायालयमा राजनीतीकरण भएको जनाएको छ । बारका महासचिब खम्मबहादुर खाती न्यायालय क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य नहुँदासम्म समस्या समाधान हुन नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘कोही न्यायाधीशले इजलास बहिष्कार गर्ने कोही न्यायाधीश फैसलामा नजाने । यो त ट्रेड युनियन जस्तो भएन र । स्वतन्त्र न्यायपालिकाको परिकल्पना खोई कहाँ गयो । ’ न्यायिक क्षेत्रमा राजनीतीकरण बढ्दै गए संसद्, न्यायालय क्षेत्रबीच युद्ध हुन सक्ने बारका महासचिब खातीको भनाइ छ । न्यायालयलाई सुधार गर्न हस्तक्षेपभन्दा पनि समन्वयात्मक भूमिका अपरिहार्य हुने उहाँ बताउनुहुन्छ ।
सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसी न्यायालयलाई छिटो छरितो बनाउन न्यायिक क्षेत्रका नेतृत्वकर्ताले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘संविधानको व्याख्या गर्नुपर्ने बेलामा संवैधानिक इजलास बस्न नसक्नु दुर्भाग्य हो । ’यसैबीच, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजीनामा नदिने संकेत गरेसँगै अब न्यायालय क्षेत्रमा के हुन्छ भन्ने अन्योलता छाएको छ । अधिवक्ता लोकेन्द्र वलीले भन्नुहुन्छ– ‘प्रधानन्यायाधीशमा पो अस्वीकृत हुनुभएको हो । न्यायाधीश पदमा त अस्वीकृत हुनुभएको होइन नि ? न्यायाधीशको हैसियतमा जोशी श्रीमान्ले काम गर्न पाउनुहुन्छ ।’ अस्वीकृत भएसंगै जोशी गत साउन २० देखि १५ दिनको बिदामा बस्नुभएको हो । सो बिदा पनि सकिएपछि हाल जोशी भइपरी बिदा कट्ने गरी पुनः ६ दिनको बिदामा वस्नुभएको छ ।
यसैबीच वरिष्ठ न्यायाधीश जोशी अस्वीकृत भएसंगै ओमप्रकाश मिश्रको नाम न्यायपरिषद्ले संवैधानिक परिषद्मा वरिष्ठताका आधारमा पठाइसकेको छ । संवैधानिक परिषद्का सदस्य विपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका क्रममा बाहिर भएका कारण परिषद्को वैठक बस्न सकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया