सुनको भाउमा नयाँ रेकर्ड, एकैदिन तोलामा साढे २ हजारले बढ्यो
नुवाकोट । बुधबार सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। यस दिन सुनको भाउ एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासँघको तथ्याँक अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाचख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो। यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो। सोपश्चात पुनः ९० हजारभन्दा तल झरेको थियो।
पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ। डलरको भाउ महँगो हुँदा समेत सुनको भाग महँगिदै गएको छ।
यस्तै बुधबार चाँदी भने प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ४० रुपैयाँले बढेको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया