काठमाण्डौमा एकै परिवारका ५ जनाले विष सेवन गरेपछि….
नुवाकोट । काठमाडौंको नागार्जुन–६ रामकोट डाँडापौवामा भएको सामूहिक विष सेवन घटनामा तीन दिनअघि नै सुसाइड नोट तयार पारेको खुलेको छ । सोमबार राति प्रधान परिवारका ५ जनाले विष सेवन गरेका थिए, एक जनाको मृत्यु भएको छ ।

काठमाडौं–१५ डल्लु स्थायी घर भएका प्रधान परिवार रामकोटमा डेरा बस्दै आएका थिए । घटनामा ३८ वर्षीय भीममान प्रधान, उनकी ६२ वर्षीया आमा इन्दिरामाया, ३५ वर्षीया श्रीमती मन्दिरा प्रधान, ११ वर्षीया छोरी सुप्रिना र ३३ वर्षीय भतिज सुवर्णमान प्रधानले सोमबार राति विष सेवन गरेका थिए ।
विष सेवनअघि सुवर्णले आफूहरूले ‘आत्महत्या गर्न लागेको’ भन्दै केही आफन्तलाई ‘सुसाइट नोट’ पठाएको खुलेको छ । त्यसको केही समयमै आफन्त र प्रहरी डेरामा पुग्दा इन्दिरामाया, भीममान र सुप्रिया एउटा कोठामा, मन्दिरा र सुवर्णमान छुट्टाछुट्टै कोठामा बेहोस भेटिएका थिए ।
प्रहरीले तत्काल मनमोहन मेमोरियल अस्पताल सीतापाइला पुर्याए पनि सुवर्णमानको मृत्यु भएको थियो । बाँकी चार जनाको सोही अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए ।
उनीहरू डा. उद्धव पुरीको घरमा ४ महिनादेखि बस्दै आएका थिए । प्रहरीले घटनास्थलबाट औंठाछाप सहितको ७ पेज लामो सुसाइड नोट बरामद गरेको छ । भीममानको कोठामा भेटिएको नोटमा आफू ‘दुनियाँदेखि नै दुःखी र पीडित’ भएको उल्लेख गरेका छन् । आफूले ५/६ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको समेत उनले खुलाएका छन् । इन्दिरामाया क्यान्सरपीडित र सुवर्णमान पनि दीर्घरोगी भएको खुलेको छ । डिप्रेसनमा रहेको, कमजोर आर्थिक अवस्था र बिरामी परिवारका सदस्यको हेरचाह गर्नुपर्ने कारण भीममान तनावमा रहेको हुन सक्ने प्रहरीको भनाइ छ ।
उनकी श्रीमती मन्दिरा ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थामा रकम संकलनकर्ताका रूपमा काम गर्थिन् । सदस्यबाट उठाएको करिब ७ लाख रुपैयाँ हिनामिना भएको भन्दै सहकारी व्यवस्थापकले आरोप लगाएपछि दुई पक्षबीच खटपट सुरु भएको थियो । सहकारीको उजुरीपछि प्रहरी वृत्त जनसेवाले शुक्रबार मन्दिरालाई छलफलका लागि बोलाएको थियो ।
जेठाजु कुमार प्रधानले ‘बोलाएका बेला उपस्थित गराउने’ सर्तमा जिम्मा लिएर फर्किएका थिए । प्रहरीबाट छुटेको साँझ मन्दिराका श्रीमान्ले सुसाइड नोट लेखेर योजनाबद्ध रूपमा परिवारले नै विष सेवन गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटनास्थलबाट दुई किसिमका विषादीका खोल तथा प्याकेट नखोलिएका केही कीटनाशक औषधि पनि भेटिएको छ ।
सुसाइड नोटमा सहकारीले मानसिक यातना दिएको उल्लेख गर्दै संस्थाका ५/६ जना कर्मचारीको परिचय र मोबाइल नम्बर पनि छ । ‘सामूहिक आत्महत्या गर्दै छौं । हाम्रो मृत्यु भइसकेपछि कसैले नोट भेटाउँदा नच्याती सुरक्षित राखिदिनू’ भनेर लेखिएको नोटमा भीममान दम्पतीले हस्ताक्षर गरेका छन् भने अन्यको औंठाछाप छ । नोटमाथि परीक्षणपछि यकिन हुने एसपी मैनालीले बताए ।
भीममानले आफूलाई ठूलो बुद्ध चोकमा एक व्यक्तिले जुत्ताले हानेको र परिवारका सबै सदस्यलाई मार्नेसम्मको धम्की दिएको लेखेका छन् । अर्का एक जनासँग गाडी किनेको र लकडाउनमा पैसा तिर्न नसक्दा फिर्ता लगी धम्क्याएको समेत उल्लेख छ । सुसाइड नोटमा आरोप लगाइएका सहकारीका सञ्चालक/कर्मचारी र अन्य व्यक्तिमाथि प्रहरीले अनुसन्धान थालेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया