महिला उपमेयरलाई मेयरको टिकटका लागि लबिङ गरिने

विदुर खबर २०७८ फागुन २५ गते ८:०४

नुवाकोट । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले यसअघि उपमेयर/उपप्रमुख भएर काम गरिसकेका महिलालाई पार्टीभित्र मेयर/प्रमुख टिकट दिलाउन महिला नेतृहरूले लबिङ गर्ने बताएका छन् ।

Advertisement

विसं २०७४ को स्थानीय निर्वाचनमा स्थानीय तहको प्रमुख वा उपप्रमुखको उम्मेदवारी दर्ता गराउँदा कम्तीमा आधा महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यताका कारण उपमेयर/उपाध्यक्षमा ठूलो संख्यामा महिला निर्वाचित भएका थिए ।

सबैजसो दलले मेयर/अध्यक्षमा पुरुष उठाएर उपमेयर/उपाध्यक्षमा महिलालाई उठाएका थिए । महिलाबीचको प्रतिस्पर्धाका कारण उपमेयर/उपाध्यक्षमा देशभरका २ सय ९३ नगरपालिकामध्ये २ सय ७७ मा महिला निर्वाचित भएका थिए ।

Advertisement

यसरी राजनीतिमा होमिएका महिलालाई अब अगाडि बढाउने दायित्व राजनीतिक दलहरूकै भएको जिकिर गर्दै ती महिला नेतृहरूले महिला उपमेयरलाई यसपटक मेयरमा लड्ने वातावरण बनाइदिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया