फागुन २९ गते बागमती प्रदेश सभाको बैठक बोलाइयो

विदुर खबर २०७८ फागुन १९ गते १६:०४

नुवाकोट । प्रमुख प्रतिपक्षीले सभा चल्न दिने संकेत नदेखिएपछि बोलाउने र स्थगन गर्ने लडाइँको बिचमा बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

Advertisement

फागुन १६ गते सूचना टाँस गर्दै स्थगन गरेको बैठक पुनः फागुन २९ गतेको लागि आह्वान गरिएको हो । पटक पटक स्थगित गरिएको बैठक फागुन २९ गतेका लागि सभामुख सानु कुमार श्रेष्ठले बैठक आवहान गरेका हुन् । प्रतिपक्षी एमालेको बिरोधका कारण दुई महिनादेखि बस्न नसकेको बागमती प्रदेशसभाको वैठक आव्हन भएको हो ।

प्रदेशसभा सचिवालयले बुधबार दिउँसो सूचना टाँसेर फागुन २९ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको हो । यसअघि फागुन १६ गतेका लागि बोलाइएको वैठक प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

Advertisement

प्रतिक्रिया