नुवाकोटमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न
नुवाकोट । नुवाकोटमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयोग र जिल्ला समन्वय समिति नुवाकोटको समन्वय एवम संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्यमा आज जिससको सभाहलमा कार्यशाशा गोष्ठी सम्पन्न भएको हो ।
कार्यशाखा गोष्ठीमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक राजु क्षेत्रीले पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी प्रशिक्षण गराएका थिए । उनले जलवायु परिवर्तनको असर र जीविकोपार्जनमा ल्याएको समस्याका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले भोकमरीको अन्त्य, खाद्य सुरक्षा, पोषणमा सुधार र दिगो कृषि प्रवद्र्धन जस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहको सकृयता आवश्यक रहेको बताइन् । उनले आइपर्ने विपतको सामना गर्न र आफ्नो नगरपालिका भित्रका क्षेत्रमा उत्पादन वृद्धि गर्न नगरपालिकाले विशेष ध्यान दिने बताइन् ।

कार्यक्रममा तारकेश्वर गाउँपालिकाकी उप–प्रमुख तारादेवि रिमालले जलवायु परिवर्तनका कारण किसानहरु बढी मर्कामा परिरहेको बताइन । उनले धान रोप्ने बेलामा पानी नपर्ने र धान थन्काउने बेलामा पानी पर्ने गरेको भन्दै जलवायु परिवर्तनका कारण कृषि उपज कम हुँदै गएको बताइन । उनले जहाँ जे फल्छ त्यसलाई त्यहाँको मुख्य खाद्यान्न बाली बनाउन र यसप्रति जनतालाई सूचित गर्न सके भोकमरीको अन्त्य हुने उनको धारणा छ ।
कार्यक्रममा नुवाकोटका ६ ओटा स्थानिय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया