एमाले सांसद बानियाँविरुद्ध करणी अभियोगमा पक्राउ पूर्जी जारी
विदुर खबर
२०७८ फागुन ५ गते ८:३०
नुवाकोट । एमाले सांसद मोहन बानियाँविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जबरजस्ती करणी अभियोगमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गर्नका लागि अनुमति दिएको डीएसपी मदुसुधन न्यौपानेले जानकारी दिए ।

नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले सांसद बानियाँ विरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
बाँकेका सीडीओ सूर्यबहादुर खत्रीले सांसद बानियाँविरुद्ध उजुरी दर्ताभएपछि अदालतबाट पक्राउ पूर्जी आएको र यो स्वाभाविक प्रक्रिया भएको बताए । सांसद बानियाँ पिछडिएको क्षेत्रबाट एमालेका समानुपातिक सांसद हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया