“रामप्रसाद तिमल्सिना” बचाउ अभियानमा संकलित रकम परिवारलाई हस्तान्तरण

विदुर खबर २०७८ माघ २८ गते ८:३३

नुवाकोट । ब्रेन ह्याम्रेजका कारण यहि माघ १५ गते मृत्यु भएका लिखु गाउपालिका वडा नम्बर ४ चौघडा रामप्रसाद तिमल्सिना बचाउ अभियानको रकम उनी श्रीमती कमला पोखरेललाई हस्तान्तरण गरिएको छ ।

Advertisement

बिहिवार श्री कृष्ण प्रणामी युवा परिषद् नुवाकोटले तिमल्सिनाको १३ औ दिनको पुन्य तिथिको अवसर पारेर आयोजना गरेको श्रदान्जली कार्यक्रममा श्री कृष्ण प्रणामी युवा परिषद् नुवाकोटका अध्यक्ष दिपक तिमल्सिना, श्री कृष्ण प्रणामी युवा परिषद् नोपलका पुर्व अध्यक्ष नवराज ढकाल र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले उनकी श्रीमति कमला पोखरेललाई “रामप्रसाद तिमल्सिना”बचाउ अभियानको क्रममा संकलन गरिएको एक लाख ९५ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै श्री कृष्ण प्रणामी युवा परिषद नेपालका पुर्व अध्यक्ष नवराज ढकालले श्री कृष्ण प्रणामी युवा परिषद नुवाकोटले निकै उत्कृष्ट काम गरेको बताए । उनले अर्थिक अभावका कारण तिमल्सिनाको उपचार गर्न नसकिएपनि उनका छोरालाई १० कक्षासम्मको छात्रवृद्धि श्री कृष्ण प्रणामी युवा परिषदले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

यस्तै श्री कृष्ण प्रणामी युवा परिषद नुवाकोटका अध्यक्ष दिपक तिमिल्सेनाले रामप्रसाद तिमल्सिनालाई उपचार गर्न अािर्थक संकलन गरेको तर उनलाई हस्तान्तरण गर्नुअघि नै उनको दुखद निधन भएकोले उनको उपचारको लागि संकलन गरिएको रकम बच्चाको शिक्षा र स्वास्थ्यमा खर्चहोस भन्ने अभिप्रायले सहयोग रकम श्रीमतिलाई हस्तान्तरण गरेको बताए । उनले आगामी दिनमा श्री कृष्ण प्रणामी युवा परिषद नुवाकोटले सधै सहगोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा लगायतले रामप्रसाद तिमल्सिनाको उपचारको लागि सबैले सहयोग गरेको भन्दै खुशी व्यक्त गरे ।

Advertisement

२ वर्षअघि रोजगारीको शिलशिलामा बहराइन गएका ३८ वर्षिय तिमल्सिनाको बहराइनमा नै प्रेसर बढी भएर लनशा फुटि ब्रेन ह्याम्रेज भएको थियो । त्यसपश्चात नेपाल फर्किएका उनको आर्थिक अभावको कारण उपचार गर्न नसकिएपछि श्री कृष्ण प्रणामी युवा परिषद् नुवाकोटले विभिन्न व्यक्तिहरुसँग मिलेर आर्थिक संकलन गरेको थियो ।

कार्यक्रममा जिल्ला लघुउद्यमी संघ नुवाकोटकी अध्यक्ष गिता ढकाल थापा, श्री कृष्ण प्रणामी युवा परिषद बाग्मति प्रदेका पदाधिकारी तथा श्री कृष्ण प्रणामी युवा परिषद नुवाकोटका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया