कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

विदुर खबर २०७८ माघ २६ गते २०:३५

पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना  परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जना संक्रमित रहेका छन् ।

Advertisement

प्रतिक्रिया