सरकारले कसरी लगाउँदै फेसबुक र ट्वीटर प्रयोगकर्तालाई कर ?

विदुर खबर २०७५ भदौ ५ गते ३:३१

Advertisement

सामाजिक सञ्जालहरुमा बढी लोकप्रिय फेसबुक र ट्वीटर सहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेपछि यसका प्रयोगकर्ताहरुमा नयाँ बहसु सुरु भएको छ । सरकारले फेसबुक र ट्वीटरलगायत अनेक सामाजिक सञ्जालबाट विज्ञापन सम्बन्धी कारोबार भईरहेको भन्दै त्यस्ता माध्यमहरुमा नेपाल भित्रबाट भईरहेका गतिबिधिमा कर लगाउने तयारी गरेको हो ।

संसदीय समितिले नै सामाजिक संजालमा प्रबाह हुने बिज्ञापनमा कर लगाउन निर्देशन दिएपछि सरकार अरु हौसिएको हो । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा सामाजिक संजालमा भईरहेको अर्बौको बिज्ञापन कारोबारमा कर लगाउनु आबश्यक भएको बारेमा छलफल भएको थियो । संसदीय समितिले त्यस्ता कारोबारलाई करको दायरामा ल्याउन सरकारलाई स्पष्ट निर्देशन दिएको छ । समितिको निर्णयमा भनिएको छ – ‘फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जालमा विज्ञापन गर्दा ठुलो रकम बाहिरिने गरेको तथ्यलाई मनन गर्दै यसलाई करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ ।

Advertisement

सरकारले यस सम्बन्धी प्रबन्ध मिलाएपछि फेसबकु, ट्विटर, युट्युब, ईन्ट्राग्राम, गुगललगायतका सामाजिक संजालहरुबाट भईरहेको बिज्ञापनहरु करको दायरामा आउने भएका छन् । कर बढाएर राजश्व असुली धेरै बनाउने योजनामा रहेको सरकारलाई संसदीय समितिको निर्णयले महत्वपूर्ण आधार दिएको छ । सरकारले सामाजिक संजालमा कर लगाउने निर्णय गर्दा त्यसका प्रयोगकर्ताहरुमा प्रत्यक्ष असर नपरेपनि बिज्ञापन गर्नेहरुले गप रकम भुक्तान गर्नुपर्ने छ ।

प्रतिक्रिया