२४ घण्टामा काेराेनाका कारण १४ जनाले ज्यान गुमाए
नुवाकोट । २४ घण्टामा थप तीन हजार १७५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

सोहि अवधिमा संक्रमणका कारण १४ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १२ हजार ६०५ जनाको पीसीआर परीक्षण भएको थियो ।
१० हजार २६ पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण पाइएको हो ।
बिहीबार ८ हजार ७२३ जनाले कोरोना संक्रमण जितेका छन् । यस्तै एक दिनमा काठमाडौं उपत्यकामा थप १ हजार ५०९ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांक बमोजिम अनुसार काठमाडौंमा १,२४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसरी नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ भने निधन हुनेको संख्या ११ हजार ७७८ पुगेको छ । यस्तै हालसम्म ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन्। यस्तै क्वारेन्टिनमा १३८ जना छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया