राप्रपाको सह–महामन्त्रिमा नुवाकोटका झनक प्याकुरेल, सहायक महामन्त्रीमा राई
विदुर खबर
२०७८ माघ १६ गते २१:१३

नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टीको सह–महामन्त्रिमा नुवाकोटका झनक प्याकुरेल मनोनित भएका छन् ।

राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले आईतवार पार्टीको विधान वमोजिम नुवाकोटका झनक प्याकुरेललाई सह–महामन्त्री र दिपककुमार राईलाई सहायक महामन्त्री पदमा मनोनयन गरेका हुन् ।
लामो समय राप्रपामा लागेका प्याकुरेल र राईको केन्द्रिय कार्यसमितिमा प्रवेशसँगै उनीहको काधमा राप्रपालाई जिल्लामा चलायमान बनाउने जिम्मेवारी समेत थपिएको छ ।
चारवर्ष अघि सम्पन्न भएको स्थानिय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको राप्रपाले कुनैपनि स्थानमा जित हासिल गर्न सकेको थिएन ।

लिखु गाउँपालिका वडा नम्बर ४ मा मात्र राप्रपाको तर्फबाट वडाध्यक्षको रुपमा दलवहादुर राईले जित हात पारेका थिए ।
Advertisement
स्मरण रहोस नुवाकोटको लिखु गाउँपालिकामा राप्रपाको वलियो पकड रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया