चिलिमे जलविद्युतको नाफा बढ्यो
नुवाकोट । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.२३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमासका कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २.३५ प्रतिशतले घटेर ६२ करोड ४९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ६३ करोड ९९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
चुक्तापुँजी ६ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.७७ रुपैयाँ रहेको छ। पीई रेसियो ४१.४७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४०.५७ रुपैयाँ रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया