सुदूरपश्चिमबाट गरिमा शाह राष्ट्रिय सभा सदस्य निर्वाचित
विदुर खबर
२०७८ माघ १२ गते १७:४१

नुवाकोट । नेकपा एकीकृत समाजवादीकी नेतृ गरिमा शाह राष्ट्रिय सभा मदनकुमारी शाह सदस्य निर्वाचित भएकी छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट महिला सदस्यकी उम्मेदवार शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।
उनले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । उनले एमाले उम्मेदवार सन्तोषकुमारी थापालाई पराजित गरेकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया