आशा लघुवित्तको नाफा २५ प्रतिशतले बढ्यो

विदुर खबर २०७८ माघ १२ गते ९:२४

आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा करिब २५ प्रतिशत नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

Advertisement

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ८ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २४.८१ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ७ करोड १६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा लघुवित्तले एक अर्ब ५२ करोड निक्षेप संकलन र २ अर्ब ७३ करोड सापटि लिएर ४ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Advertisement

त्यसबाट लघुवित्तले १७ करोड ५३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी गतआर्थिक वर्षको यहि अवधिको तुलनामा ५०.०५ प्रतिशतले धेरै हो ।

लघुवित्तको खुद ब्याज आम्दानीसँगै सञ्चालन आम्दानी पनि ५२.२३ प्रतिशतले बढ्दा नाफा बढ्न टेवा पुगेको हो ।

Advertisement

चुक्ता पूँजी ३३ करोड ३९ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड २० लाख रुपैयाँ संञ्चित रहेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५२.३४ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात ३१.५३ गुणा रहेको छ ।

लघुवित्तको खराब कर्जा भने १.१३ प्रतिशतले घटेर ३.८५ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा यस्तो कर्जा ४.९८ प्रतिशत थियो ।

प्रतिक्रिया