नेपाल बैंकले १ अर्ब ४१ करोड नाफा कमायो

विदुर खबर २०७८ माघ १० गते ८:३१

नुवाकोट । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको सञ्चालन मुनाफा घटेको छ भने खुद नाफा बढेको छ।

Advertisement

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा घटेपनि १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि बैंकको खुद नाफा बढ्न पुगेको हो।

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २०.०८ प्रतिशत घटेको छ। ३८ इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ३७ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १९ रुपैयाँ ६७ पैसामा झरेको छ।

Advertisement

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ३.३१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप १२.३० प्रतिशत र कर्जा २०.४५ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ।

प्रतिक्रिया