नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित ३ सय २२ पुगे
विदुर खबर
२०७८ माघ ९ गते २१:१०

नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय २२ पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय २२ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा भेटिएका १० संक्रमितमध्ये ५ जना विदुर नगरपालिकाका रहेका छन् । यस्तै सुर्यगढी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै लिखु गाउँपालिकाका २ महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ७ सय २६ पुगेको छ । यस्तै जिल्लामा हालसम्म ८ हजार ३ सय ५२ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

Advertisement
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया