आशा लघुवित्तको बोनस सेयर हितग्राही खातामा
विदुर खबर
२०७८ माघ ९ गते २०:५८

नुवाकोट । आशा लघुवित्त वित्तीय संस्था (ALBSL) को २५ प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत भएपछि उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।
कम्पनीले कात्तिक ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस जम्मा गरेको छ ।
लघुवित्तको गत कात्तिक २७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर वितरणको प्रस्ताव अनुमोदन गरेको थियो ।
कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल रहेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया