वैशाखमा एसईई र जेठमा कक्षा १२ को परीक्षा

विदुर खबर २०७८ माघ ९ गते २०:३५

नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ। 

Advertisement

बोर्डले वैशाखमा एसईई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। 

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन गर्ने बोर्डले निर्णय गर्दै तयारी सुरु गरेकाले परीक्षाको तयारीमा रहन विद्यार्थीलाई आग्रह गरे। 

Advertisement

विद्यार्थीको पढाइ पु-याउन चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने तयारी गरेको हो। परीक्षा तालिका भने बोर्डले केही दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

Advertisement

प्रतिक्रिया