काठमाण्डौमा लकडाउनको तयारी, शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु

विदुर खबर २०७८ माघ ६ गते २१:०३

नुवाकोट । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् । 

Advertisement

बिहीबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको हो ।

ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले जोरबिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको कान्तिपुरलाई बताए । उनका अनुसार डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

Advertisement

सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको प्रजिअ उपाध्यायले बताए ।

प्रतिक्रिया