धादिङ अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

विदुर खबर २०७८ माघ ६ गते १८:४०

नुवाकोट । जोखिम भत्ता नपाएर निराश बनेका स्वास्थ्यकर्मी अभावका कारण धादिङ अस्पतालको सेवा प्रवहमा समेत समस्या आएको छ ।

Advertisement

पहिलो चरणको कोरोना कहरमा खटिएका स्वास्थ्यकर्मीहरुले अझैसम्म पनि जोखिम भत्ता नपाउँदा निराश भएका छन् । सरकारले दिने घोषणा गरेर काममा खटिएका अधिकांश स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता नपाएको उनीहरूको गुनासो छ ।काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५प्रतिशत देखि शत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर धादिङका प्रायः सबै स्वास्थ्यकर्मीहरुले अझै पूर्ण रूपमा जोखिम भत्ता पाएका पाउन नसकेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सरकारले जोखिम भत्ता दिने भने पनि हालसम्म जोखिम भत्ता नपाएको धादिङ अस्पतालका ल्याब टेक्निसियन गोविन्द भण्डारीले बताउनुभएको छ ।तेस्रो चरणको महामारी फैलिएको अवस्थामा पहिलो पटक कोरोनामा काम गरेकाहरूले सरकारले दिने भनेको सुविधा नपाएपछि आफूहरू निराश भएको र निरन्तर जोखिम भत्ता उपलब्ध गराउन माग गरिरहेको धादिङ अस्पतालका विक्रम विकले बताउनुभयो ।नीलकण्ठ नगरपालिकाका ७२ जना स्वास्थ्यकर्मी, धुनीवेशी नगरपालिकाका ४३ जना, ज्वालामुखी गाउँपालिकामा ४२ जना, थाक्रे गाउँपालिकाका ५७ जना, सिद्धलेक गाउँपालिकाका ३२ जना, रुवीभ्याली गाउँपालिकाका ३३ जना, गजुरी गाउँपालिकाका ४३ जना, त्रिपुरा सुन्दरी गाउँपालिकाका ५५ जना, गंगा जमुना गाउँपालिकामा ५० जना, खनियाँवास गाउँपालिकाका १४ जना, स्वास्थ्य कार्यालय धादिङका १६ जना, धादिङ अस्पतालमा १ सय १५ जना लगायत कोरोना कहरमा काम गरेका स्वास्थ्यकर्मीहरुले पूर्ण रूपमा कसैले जोखिम भत्ता नपाएको बताएका छन् ।

Advertisement

जोखिम भत्ताको नाममा एक महिनाको तलब भत्ता दिएर टारेको धादिङमा कार्यरत स्वास्थ्यकर्मीहरुले गुनासो छ । यसैबिच ओमिक्रोन भेरियन्ट भनिएको कोरोनाको तेस्रो लहर महामारी चलेको बेला करारमा कार्यरत कर्मचारीका म्याद थप नहुँदा धादिङ अस्पतालमा नियमित सेवा सञ्चालनमा कठिनाइ आएको छ ।

कोभिड वार्ड, आइसोलेसन र आइसियुमा काम गर्ने करारमा रहेका स्वास्थ्यकर्मीको म्याद पुस समाप्त भई स्वास्थ्यकर्मी निस्किएकाले समस्या भएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. त्रिभुवन चन्द्र झाले बताउनुभयो ।अस्पतालको समस्याबारे माथिल्ले निकायमा जानकारी गराइसकेको र यस बिचको समयमा कर्मचारी राख्न कुनै पनि बजेटको सुनिश्चितता बिरामीको सङख्या बढी रहेको अवस्थामा काम सीमित कर्मचारीबाट काम गर्न असहज भएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाको भनाइ छ ।

Advertisement

करार समय अबधि सकेपछि पनि केही स्वास्थ्यकर्मीहरू भने स्वतःस्फूर्त रूपमा मानव सेवामा लागि रहेकाप्रति डा. झाले धन्यवाद दिँदै महामारीमा स्वयंसेवक रूपमा सघाउन आग्रह गर्नुभएको छ । यसपछि केही स्वास्थ्यकर्मीले भने स्वयंसेवी रूपमा सहयोग समेत गरिरहेका छन् ।धादिङ जिल्ला अस्पताल लगायत अहिले बागमती प्रदेशका अधिकांश अस्पतालहरूमा स्वास्थ्यकर्मी अभावको समस्या रहेको जनाएको छ ।

बागमती प्रदेश सरकार अन्तरगत रहेको अस्पताल भएकोले प्रदेश सरकारले निर्णय गर्न नसक्दा स्वास्थ्य सेवा समेत प्रभावित भएको छ ।

प्रतिक्रिया