तेलको मूल्य सात वर्ष यताकै महंगाे, प्रति बेरल ८८.४६ डलर पुग्याे
नुवाकोट । तेलको मूल्य सात वर्ष यताकै उच्च स्तरमा पुगेको छ । मध्यपूर्व भण्डारण केन्द्रमा आक्रमण हुँदा आपूर्तिमा असर पर्न सक्ने भन्दै व्यपारीहरु चिन्तित भएपछि तेलकाे मूल्य बढेको हो ।

संयुक्त अरब इमिरेट्समा यमन हुथी विद्रोहीले ड्रोन आक्रमण गरी तीन वटा इन्धन टयांकर बिस्फोट गराएको थियो । सोमबार आबुधाबी विमानस्थल नजिकै भएको आक्रमणमा तीन जनाको निधन भएको थियो । यस्तै साउदी नेतृत्वको गठबन्धन सेनाल यमनको राजधानी सनामा हवाई आक्रमण गरी २० जनाको ज्यान लियो।
तेलको मूल्य बढ्नुको कारण कोरोना महामारीबाट द्रुर्त रुपमा विश्वको आर्थिक पुनरुत्थान हुने आशामा आएको कमीका कारण भएको पनि मानिएको छ । जसकारण जिवाश्म इन्धनको माग बढ्नेछ ।
तेलको धनी राज्यमा भएको आक्रमणका कारण माग बढ्ने अपेक्षासँगै मूल्य बढेको हो । यो मूल्य अक्टोबर २०१४ पछिको सबैभन्दा धेरै हो ।
तेलको मूल्यकालागि अन्तरराष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुड बुधबार १.०९ प्रतिशतले वृद्धि भएर प्रति बेरल ८८.४६ डलर पुगेको छ । मंगलबार करिब १ प्रतिशतले बढेर प्रतिबेरल ८७.२२ डलर पुगेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













साथी उपभोक्ता सहकारीको १६ औ वार्षिक साधारणसभा सम्पन्न
विशेष महाधिवेशन अराजनीतिक छ : विमलेन्द्र निधि
कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै
आज पृथ्वी जयन्ती, नुवाकोटमा विविध कार्यक्रम गरि मनाइँदै
विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत





प्रतिक्रिया