बुद्धभुमि हाइड्रोपावरको शेयर कारोबार भएन

विदुर खबर २०७८ माघ ३ गते १७:०७

माघ ३ गते, स्पेशल प्रि ओपन सेसनमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएन।

Advertisement

कम्पनीको शेयर नेप्सेमा माघ २ गते, आइतबार सूचीकृत भएको थियो। यस अनुसार कम्पनीको शेयर आज स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो। तर, आज सो सेसनमा पहिलो कारोबार भएन। अब कम्पनीको शेयर भोलि, मंगलबार, स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनेछ। सो सेसनमा कारोबार भएपश्चात मात्र कम्पनीको शेयर नियमित बजारमा कारोबार हुनेछ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको थियो। यस अनुसार यस दिन सो कम्पनीको शेयर प्रतिकित्ता रुपैयाँमा शेयर कारोबार भएको हो।

Advertisement

कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता,आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीको शेयरलाई नेप्सेले बीएनएचसी कारोबार संकेत प्रदान गरेको थियो।

Advertisement

सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे ३ महिना पछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

प्रतिक्रिया