काठमाडौंमा एकैदिन १९१३ कोरोना संक्रमित थपिए

विदुर खबर २०७८ पुष ३० गते १८:३०

नुवाकोट । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

यस्तै आज भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्। यससँगै आज काठमाडौं उपत्यकामा थप २६०७ संक्रमित थपिएका छन्।

भने आज देशभर थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २०५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

Advertisement

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार २०४ जनामा र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया