हिमालयन र इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रकृया भाँडियो

नुवाकोट । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर प्रकृया अन्तिम समयमा आएर भाँडिएको छ ।

आज (पुस ३० गते) हिमालयन बैंकको साधारण सभामा १४% सेयर हिस्सा रहेको सरकारी संस्था कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेन्ट बैकसँग मर्जरमा जाने विपक्षमा भोट दिएपछि एकाएक मर्जर प्रकृया भाँडिएको हो ।
सभाले इन्भेष्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर असफल भएको हो । दुई बैंकबीच मर्जर गर्ने भन्दै हिमालयनले सभामा मर्जरका लागि विशेष प्रस्ताव पेश गरेको थियो । मर्जरको लागि विशेष प्रस्ताव स्वीकृत हुनका लागि कम्तिमा ७५% सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्राबधान रहेको छ ।
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले गत वैशाखमा मर्जरमा जाने सहमति गरेका थिए ।
दुवै बैंक १ः१ को अनुपातमा मर्ज हुने सहमति भएको थियो । मर्ज प्रकृया भाँडिएसँगै अब दुवै बैंकले नयाँ पार्टनर खोज्नुपर्ने भएको छ ।
मर्ज प्रकृयामा सहमति भएसँगै दुवै बैंकको वैशाख ३१ गतेदेखि सेयर कारोबार रोक्का छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया