दैनिक ५ हजार संक्रमित भेटिए लकडाउन गर्न सिफारिस

विदुर खबर २०७८ पुष २८ गते २१:३५

नुवाकोट । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले दैनिक ५ हजार जनालाई कोराना संक्रमण भए लकडाउन गर्नुपर्ने ब्रिफिङ गरेको छ ।

Advertisement

सिसिएमसीका उच्च अधिकारीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कोराना महामारीको वर्तमान अवस्था र भविष्यमा सरकारले चाल्नुपर्ने कदमका विषयमा जानकारी गराउने क्रममा दैनिक ५ हजारभन्दाबढी संक्रमित भेटिए लकडाउन गर्नुपर्ने सुझाव दिएको हो ।

‘तत्काल नै लकडाउनमा जानुपर्ने अवस्था छैन,’ सिसिएमसिलाई उदृत प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ‘संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्य प्रणालीले धान्न सक्दैन । त्यसैले दैनिक ५ हजारभन्दा बढी कोराना संक्रमित भेटिए लकडाउन गर्नु उपयुक्त हुन्छ ।’

Advertisement

बुधबार ३ हजार ७५ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय कोरोना संक्रमितको ११ हजार ६९० छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले अहिलेकै गतिमा कोरोना संक्रमितको संख्यामा बढ्दै गए माघ दोस्रो सातासम्म दैनिक ५ हजारभन्दाबढी संक्रमित देखिने प्रक्षेपण गरेको छ ।

Advertisement

सिसिएमसिले लकडाउनमा जानुपर्ने सुझाव दिएपनि सोमबार मात्र अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रले फेरि पनि लकडाउन धान्न नसक्ने बताएका थिए ।

‘विगतमा गरिएको लकडाउनले अर्थतन्त्रमा निकै खराब असर थियो,’ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यक्रममा अर्थमन्त्री शर्माले भने, ‘त्यसैले फेरि पनि लकडाउनमा जानु उपयुक्त हुँदैन् ।’

प्रतिक्रिया