घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्ने

विदुर खबर २०७८ पुष २७ गते २०:०५

नुवाकोट । कोरोना संक्रमण बढेकाले जिल्ला प्रशासन कार्यालय ललितपुरले सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ ।

Advertisement

ललितपुरमा घरबाहिर वा सार्वजनिक स्थलमा जाँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने प्रशासनले निर्णय गरेको हो । सो निर्णय मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि हुनेछ ।

यसैगरी ललितपुर प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

Advertisement

प्रतिक्रिया