शिक्षामन्त्री पौडेललाई काेराेना संक्रमण पुष्टि

विदुर खबर २०७८ पुष २६ गते २१:१९

नुवाकोट । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आजदेखि मन्त्री निवासमै उनी आइसोलेसनमा बसेका थिए ।

मन्त्री पौडेलका  प्रेस संयोजक विमल खड्काले  मन्त्री पौडेलको आज स्वाब परीक्षणका दिएका थिए । उनको आज नै पोजेटिभ रिपोर्ट आएको प्रेस संयोजक खड्काले बताए । मन्त्री पौडेललाई आइतबारदेखि रुघा, खोकी लागेको थियो ।

Advertisement

नेकपा माओवादी केन्द्रको महाधिवेशनलगत्तै अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण देखिएपछि अन्य नेतालाई समेत संक्रमण देखिएको छ ।

नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, दिनानाथ हर्मा लगायत नेतालाई कोरोना संक्रमण देखिएको छ ।  यसअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि करिब एक सातादेखि बन्द गरिएको छ ।

Advertisement

प्रतिक्रिया