नुवाकोटका तीन कृषक सम्मानित

नुवाकोट । नुवाकोटका तीनजना राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएर नवाकोटमा कृषि पेसामा संलग्नभएका दईजनासहित तीनजना किसान राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन् ।
कृषि क्षेत्रको विकासमा प¥याएको योगदानस्वरूप नुवाकोटका तीन किसानलाई कृषि ज्ञान केन्द नुवाकोटले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरेको केन्द प्रमुख केशव खनालले जानकारी दिए ।
उनका अनुसार जिल्लाका उत्कृष्ट ु किसानका रूपमा बेलकोटगढी नगरपालिका– ११ का हरिप्रसाद अधिकारी, ककनी गाउँपालिका– ७ का बलराम पाठक र म्यागङ गाउँपालिका– ३ का पकाश तामाङ रहेका छन् । उनीहरुलाई १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
कोरोनाको कारण भारतमा रोजगारी खोसिएपछि अघिल्लो वर्ष भदौमा गाउँ
फर्किएका ककनीका बाख्रापालक किसान पाठक र कतारमा रोजगारी गरेर
फर्केसँगै रोजगारीका लागि यरोप जान ठिक्क बनाएको पैसाले टनेल बनाएर बेमौसमी तरकारी फलाउन थालेका म्यागङका किसान तामाङसहित ट्राउट
माछापालक किसान अधिकारी नवाकोटका उत्कृष्ट किसान घोषित भएका हुन् ।
प्रतिक्रिया