मौसम : यी क्षेत्रमा फेरी वर्षा र हिमपातको सम्भावना
विदुर खबर
२०७८ पुष २१ गते ८:४५

नुवाकोट । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जसकारण अधिकंश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो धेरै ठाउँमा सामान्य बदली रहने विभागले जनाएको छ ।
त्यस्तै सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का हिमपातको सम्भावना रहेको छ । सोही ठाउँका एक/दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको छ।
बिहीबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने विभागले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया