सानिमा बैंकको शाखा धादिङ्गको मलेखुमा
विदुर खबर
२०७८ पुष २० गते २१:०३
नुवाकोट । सानिमा बैंकले पौष २० गते धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका संचालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरेका हुन्।
उद्घाटन समारोहमा मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका संचालक बलराम पराजुलीद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए ।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेतको कुलोमा लडेर नुवाकोटमा एक जनाको मृत्यु
Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने





प्रतिक्रिया