अझै खुलेन पासाङल्हामु राजमार्ग,अस्थायी डाइभर्सन बनाउने काम धमाधम
विदुर खबर
२०७५ भदौ ४ गते १०:२९

नुवाकोट, विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मङ्गलबारसम्म सञ्चालन हुन सक्ने भएको छ ।
पुल भत्केपछि खोलाबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो । विदुर–१ र १० जोड्ने गेर्खुखोलाको पुल आइतबार बिहान बाढीले भत्काएको थियो । छिमेक जिल्ला रसुवा जाने वैकल्पिक सडक पनि नुवाकोटको मनकामनामा पहिराले अवरुद्ध गरेकाले दर्जनौंँ सवारीसाधन रोकिएको छ । पुल भत्किएपछि गोसाइँकुण्ड जनैपूर्णिमा मेलाका तीर्थयात्री प्रभावित भएका छन् । तीर्थयात्री पुल पारि अर्को सवारीसाधन परिवर्तन गरी गन्तव्यतर्फ गइरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार हावाघरबाट पल्सर मोटरसाईकल हरायाे
मोटरसाइकल अनियन्त्रित हुँदा धादिङका राहुलको मृत्यु
काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका तामाङको मृत्यु
धादिङ थाक्रेका बुद्धिमान लामा पक्राउ
अब कुनै आमाको काख नरित्तियोस्ः प्रधानमन्त्री कार्की





प्रतिक्रिया