निर्वाचन भए एमाले पत्तासाप : मन्त्री झाँक्री

विदुर खबर २०७८ पुष १७ गते ८:२१

नुवाकोट । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने बताएकी छिन् ।

Advertisement

नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको र अबको निर्वाचनमा एमाले पत्तासाप हुने बताइन् ।

सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको बताइन् ।

Advertisement

जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद् भएको उनको भनाइ छ । संसदलाई बन्धक बनाइ राख्ने प्रवृत्तिको अन्त्य गरी जनताको समस्या समाधान तर्फ लाग्न एमाले अध्यक्ष ओलीलाई मन्त्री झाँक्रीले सुझाव दिइन् ।

मन्त्री झाँक्रीले अहिलेको गठबन्धन निर्वाचनसम्म मात्रै नभइ निर्वाचन पश्चात पनि कायमै रहेन बताइन् । मन्त्री झाँक्रीले देशको आवश्यकताको आधारमा एमालेकै सक्रियतामा गठबन्धन बनेको दावी गरिन् ।

Advertisement

प्रतिक्रिया