देशका अधिकांश स्थानमा वर्षा र हिमपात, शुक्रबारसम्म वर्षाकाे सम्भावना
नुवाकोट । बुधबार बिहानदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशभर बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हिमपातकाे सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ । देशको पश्चिम तराईका एक वा दुई स्थानमा हुस्सु लागेको र तराईका धेरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा अहिले हल्का वर्षा हुँदैछ । काठमाडौंको आज न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियस र अधिकतम तापक्रम १०.७ डिग्रीसेल्सियस हुने पुर्वानुमान गरिएको छ ।
उपत्यकाका माथिल्ला भेग चन्दागिरी, फुलचोकी लगायतका स्थानमा पनि हिमपात भइरहेको छ । बुधबार सामाजिक संजालमा मानिसहरु हिउँ खेलेका तस्बिर तथा भिडियो व्यापक रुपमा देखिइरहेको छ ।
वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको छ । देशका केहि स्थानमा टेलिफोन सेवा प्रभावित भएको छ भने यातायात सेवा पनि अवरुद्ध भएको छ । रातिदेखि हिमपात भएका कारण सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा यातायात अवरुद्ध भएको हो जसकारण यात्रुहरु अलपत्र परेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया