नुवाकोट क्रिकेट टोलीको घोषणा
नुवाकोट । आगामी शुक्रवारदेखि काठमाण्डौमा आयोजना हुने बाग्मति प्रदेश स्तरीय प्रधानमन्त्री कप २०७८ क्रिकेट पुरुष क्रिकेट प्रतियोििगतामा सहभागी हुने नुवाकोट क्रिकेट टोलीको घोषणा गरिएको छ ।

मंगलवार नुवाकोट क्रिकेट संघले राजेश रिमालको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उप–कप्तानमा दिनेश सुवेदी रहेका छन् । टाृलीका अन्य खेलाडीहरुमा अभियान वस्नेत, पवन राई, अभिषेक वस्नेत दिपेश कुमाल र कुशल नेपाली रहेका छन् ।
यस्तै टोलीका अन्य खेलाडीहरुमा आयुष वस्नेत, अशोक पौडेल, रोशन वि.क, अमित थापा, अभिराज यादव, अमिक कुमाल र सुवास विके रहेका छन् ।
वैकल्पीक खेलाडीहरुमा वरुण गौतम, अर्जुन शिंखडा, विवेक पराजुली र अर्सद आलम रहेका छन् ।
टोलीको प्रशिक्षकमा दिपेन्द्र प्याकुरेल र टिम म्यानेजरमा रामधन ढकाल रहेका छन् ।
७ टोली सहभागी प्रतियोगिताको नुवाकोट समुह बि मा रहेको छ । नुवाकोटले पहिलो खेल काठमाण्डौविरुद्ध आगामी पुष १६ गते टियु क्रिकेटमा प्रतिष्पर्धा गर्दे छ ।

यस्तै दोस्रो खेलमा खेलमा पुष १७ गते चितवनसँग प्रतिष्पर्धा गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया