गेर्खुको पुल बाढीले बगाएपछि बैकल्पिक मार्ग खुलाउने प्रयास जारी

विदुर खबर २०७५ भदौ ४ गते ८:२९

Advertisement

नुवाकोट, बाढीले बगाएको नुवाकोटको विदुर नगरपालिका वडा नं १ र वडा नं १० जोड्ने गेर्खु खोलाको सडकमा बैकल्पिक बाटो खन्ने काम जारी छ । लामो समयसम्म सडक अवरुद्ध हुँदा नुवाकोट र रसुवाको यातायात सम्पर्क समेत टुटेको छ ।

अवरद्ध भएको सडक संजाल जोड्न अहिले जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी जवान र सडक निर्माण कम्पनि टुन्डी कन्सट्रक्सन कम्पनि लागिरहेको छ । सडक सुचारु गर्न अहिले ठुलाठुला पाइप तेर्साएर बाटो शुचारु गर्ने तयारी भइरहेको हाम्रा सहकर्मीले बताएका छन ।

Advertisement

प्रतिक्रिया