सांसद बहादुरसिंह लामाद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा बितरण
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् संघीय सांसद बहादुरसिंह लामा तामाङले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको २ वटा सामुदायिक विद्यालयहरुमा अध्यन्रत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्नुभएको छ ।
महादेवफाटमा अवस्थित महादेव माध्यमिक विद्यालयमा अध्ययनरत ६ सय २५ र ढकालथोकमा अवस्थित श्री जन सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । न्यानो कपडा बितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सांसद लामाले विकास निर्माणको कार्यलाई भोटसँग साट्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
विकासको पहिलो खुड्किलो नै शिक्षा रहेकोले सबैको चासो र प्रयासले मात्रै गुणस्तरीय शिक्षा प्रवाह हुने बताउनहुदै उहाले सरकारी विद्यालयको शैक्षिक स्तर सुधार गर्न सकिएमा निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न सकिने बताउनुभएको छ ।
संघिय सांसदमा निर्वाचित भए पश्चात प्राप्त तलव भत्तालाई गुरुयोजना बनाएर लगानी गर्ने योजना अनुसार उहाँले विद्यार्थीलाई अध्ययन गर्नलाई थप हौसला प्रदान गर्नलाई निरन्तर रुपमा विद्यालयहरुमा शैक्षिक सामाग्री र विद्यालय पोषाक वितरण गर्दै आइरहनुभएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका उपसभापति राजु थापा, सहसचिब यादब नेपाल, नेपाली काङ्ग्रेस नुवाकोटको क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति जगतबहादुर तामाङ, बेलकोटगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हेमनिधि नेपाल, विद्यालयको प्रध्यानाध्यापक उपेन्द्र महतो, शिक्षा प्रेमी बिष्णु नेपाल, पुर्ब विद्यार्थी गमला लामा, स्थानीय लालप्रसाद नेपाल लगायतले विद्यार्थीहरुको हौसलाको लागि सांसद तामाङले चलाउनुभएको अभियानलाई अन्य नेतागणहरुले पनि अनुसरण गर्नुपर्ने बताएका छन् ।
साथै महादेव माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा गत रुपमा प्रथम, दोश्रो र तेस्रो भएका विद्यार्थीहरुलाई विद्यालयले पुरस्कार वितरण समेत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइराम नेपालले बताउनुभएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया