‘वैशाखभित्रै स्थानीय तहको निर्वाचन’
नुवाकोट । निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनासम्म गर्ने तयारी गरिएको बताउनुभएको छ । उहाँले स्थानीय तहको देशैभरि एकै चरण, एकै दिन निर्वाचन गराउने आयोगको तयारी रहेको बताउनुभयो ।

संखुवासभा जिल्लामा हाल सञ्चालन भइरहेको मतदाता नामावली सङ्कलन र व्यवस्थापनका विषयमा छलफल गर्न खाँदवारी आएका निर्वाचन आयोगका आयुक्त थपलियाले पत्रकारसँग कुराकानी गदै स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र २ महिना अगाडी निर्वाचन गराउने कानुनी व्यवस्था भएकाले २०७९ वैशाख महिनासम्म निर्वाचन गराउने बताउनुभयो ।
उहाँले अघिल्लो स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएकोमा यसपटक स्थानीय तहको देशैभरि एकै चरण, एकै दिन निर्वाचन गराउने आवश्यक तयारी गरेको बताउनुभयो । निर्वाचन आयोगले राजनैतिक अनुकूलता, प्रशासनिक बन्दोबस्त हेरेर आयोगको तर्फबाट हुने खर्चलाई मध्यनजर गरेर एकै पटक निर्वाचन गराउन लागीएको आयुक्त थपलियाले चर्चा गर्नुभयो ।
उहाँले अहिले देशैभरि मतदाता नामावली संकलन भइरहेकोले राजनैतिक दल, नागरिक समाज, कर्मचारी लगायतले कोही पनि मतदानबाट वञ्चित नहुन मतदाता नामावली छुट भएका बालीग नागरिकलाई नामावली संकलनमा सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अहिले पौष २० गतेभित्र नामावली संकलन स्थानीय तहमा भइरहेको छ । कुनै पनि व्यक्तिले जो जहाँ जुन ठाउँमा भए पनि नामावली दर्ता गराउन सकिने बताउनुभयो । यस वर्ष देशभर ३ सय १४ मतदान केन्द्र थप भएको समेत बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकाेटमा एमालेका उम्मेदवार तोकिए
हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा
वामदेव समूह आक्रोशित, नेकपाका १२ केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा
बागमतीमा एमालेले टुंग्यायो २८ उम्मेदवार
बालेन अब रास्वपाकाे वरिष्ठ नेता,गरे पदभार ग्रहण





प्रतिक्रिया