विदुर नगरपालिकाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

विदुर खबर २०७८ मंसिर २१ गते २०:२५

विदुर । विदुर नगरपालिकाले नगरभित्रका २७ विद्यालयललाई कम्प्युटर,प्रिन्टर र स्मार्ट टिभी वितरण गरेको छ ।

Advertisement

मंगलवार विदुर नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको एक कार्यक्रममा नगरपालिकाका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहाल अर्याल र प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले संयुत्त रुपमा विद्यालयका प्रध्यानाअध्यापकहरुलाई कम्युटर,प्रिन्टर र स्मार्ट टिभी वितरण गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै मेयर पण्डितले नगरपालिका भित्रका विद्यालहरुलाई प्रविधिमैत्री बनाउन कम्युटर,प्रिन्टर र स्मार्ट टिभी वितरण गरेको बताए । अहिलेको २१ औ शताब्दीमा इन्टनेट र प्रविधिको प्रयोगविना जीवन अन्धकार हुने भन्दै उनले त्यसको समुचित प्रयोग गरेर बालबालिकालाई पढनउनुपर्ने बताए ।

Advertisement

कार्यक्रममा नगरपालिकाकी उपमेयर गिता दाहाल अर्यालले नगरपालिकाले नगरभित्रका कुनैपनि विद्यालयको शैक्षिक अवस्था सृढ बनाउन कुनै कसर बाँकी नराखेको बताइन् । उनले पछिल्लो समय विद्यालयमा प्रविधिको प्रयोगभन्दा दुरुपयोग बढेको गुनासो अभिभावकबाट आएको भन्दै त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताइन ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले कम्युटर,प्रिन्टर र स्मार्ट टिभी वितरणले विद्यालयहरु डिजिटलाइज भएकोले अवका दिनमा नगरपालिका नै धाएर विद्यालयको काम गर्नुपर्नै अवस्था नरहेको बताए ।

Advertisement

यस्तै नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुर्धान कुनै कसर बाँकी नराखेको चन्द्रज्योती माविका प्रध्यानाअध्यापक मोतिराम न्यौपानेले जानकारी दिए । उनले विद्यालयलाई प्रविधिमैत्री बनाउन नगरपालिकाको सराहानिय कार्य गरेको बताए । विदुर नगरपालिकामा हाल सामुदायिक विद्यालयको संख्या ६० रहेको छ ।


कार्यक्रममा नगरपालिकाका शिक्षा विज्ञ तुलध्वज खतिवडा, शिक्षा शाखामा अधिकृत प्रमिला पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।
पछिल्लो समय कोरोनानगरपालिकाले तदारुकता देखाउँदा नगरभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि भइरहेको सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया