सान्जेन जलविद्युत कम्पनीले साधारणसभा बोलायो
विदुर खबर
२०७८ मंसिर १९ गते १८:१९

नुवाकोट । सान्जेन जलविद्युत कम्पनीले ११ औं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले पुस १३ गते, स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश वितरण गर्ने प्रस्तावबीनै साधारण बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गरी छलफल गर्ने, नाफा नोक्सान, नगद प्रवाह विवरण सम्बन्धी विवरणहरु माथि छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते देखि १३ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा सहभागी हुन सक्नेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया