नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन आज हुँदै

विदुर खबर २०७८ मंसिर १० गते १०:००

नुवाकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नुवाकोटमा जिल्ला अधिवेशन आज हुँदै छ ।

Advertisement

अधिवेशनको लागि जिल्ला सभापतिमा रमेश महत र डा.केदारनरसिंह केसीले सभापतिमा दाबी गरेका छन् । जिल्लामा लामो समय प्रभाव पारेका महत र केसी समुहले यसपटक पनि छृुट्टछुट्टै प्यानल बनाएर उम्मेद्धवारी दिएको छ ।

नुवाकोटको दुई क्षेत्र र ४ प्रदेशसभा नै आफ्नो पक्षमा पारेको महत समुहलाई संघिय सांसद वहादुरसिंह लामाले पनि साथ दिएपछि महत पक्ष आफ्नो जित निश्चित रहेको भन्दै हौसिएको छ ।

Advertisement

यस्तै क्षेत्र नम्बर १ को क्षेत्रिय निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रिय महाधिवेशनमा विजयी भएका डा. केदारनरसिंह केसी पनि आफ्नो व्यक्तिगत लोकप्रियता देखेर हौसिएका छन् ।

जिल्लाको १२ ओटा पालिकामा महत र केसी समुह समान हैसियतमा रहेका छन । तर दुबै क्षेत्रिय र प्रदेशसभा निर्वाभन क्षेत्रमा निल भएपछि केसी झस्किएको छ । उसले जिल्ला कब्जा गर्ने अँितम उपायको रुपमा डा. केदारलाई अघि सारेको हो ।

Advertisement

यस्तै महत समुहले दुबै क्षेत्र र प्रदेश कब्जागरेपछि जिल्ला कब्जा गर्ने रणनिति लिएको छ । क्षेत्र र प्रदेश कब्जा गरेर हौसिएको महत समुह जिल्लामा पनि केसी समुहलाई रिङ आउट गर्ने तरखरमा लागेका छन् ।

प्रतिक्रिया