कांग्रेस नुवाकोटको सभापतिमा रमेश कुमार महत नै किन ?

विदुर खबर २०७८ मंसिर ९ गते १५:१४

नुवाकोट । नुवाकोट कांग्रेसको राजनिति पृष्ठ भूमिलाई अवलोकन गर्ने हो भने स्पष्ट रूपमा कांग्रेस दुई धारमा रहेको पाउछौ।

Advertisement

२०५१ साल देखि नै महत र केसीको पेरी फेरीमा घुमेको कांग्रेसलाई सुदृढ गराई अगाडी बढाउनका लागि निर्णायक भूमिका निर्बाह गर्ने ब्यक्तिको आबश्यकता रहेको अबस्थामा महत गुटबाटै सभापतिमा पदमा रमेश कुमार महतले आफ्नो उमेदवारी दिदै छन् र यस पटक सभापति जित्छन् पनि।

महत गुटकै भएपनि यिनमा कार्यकर्तालाई समेटेर लैजान सक्ने ल्याकत छ। इकाई, प्रदेश र क्षेत्रको चुनावी परीणामले पनि त्यहि देखाउछ। राजनितिलाई ब्यापार नभई बिसुद्ध समाज सेवा हो भन्ने माहान सोच बोकेका महतको राजनिति पृष्ठभूमिलाई हेर्ने हो भने सदा सर्बदा जन सेवामा लागेका थुप्रै उदाहरण छन्।

Advertisement

नुवाकोटका प्रत्येक घर र जनताको अबस्था के छ भनेर दिलचस्वी राख्ने महत सभापति भए नुवाकोट कांग्रेसले एक पटक अध्यारोबाट उज्यालो तर्फको गमन गर्ने छ।

२०४७ साल देखि नै नेपालको राजनितिमा होमिएका महतको राजनिति पृष्ठभूमिलाई अवलोकन गर्ने हो भने यिनको राजनिति नै सखाप पार्नका लागि कांग्रेसी भनेर ट्याग भिरेकाहरू नै लागि परे। २०७४ सालको प्रदेश सांसदमा उमेदवार बनेका महतलाई आफ्नैले घात गरी हराई छाडे।

Advertisement

नुवाकोटका जनताले हिरा हो भनेर महतलाई चिन्न सकेनन्। नेपाली कांग्रेस नुवाकोटको १३औं अधिवेशनमा सभापतिमा हार ब्यहोरेका महतले यो चौंधौ अधिवेशनमा चांहि जीत हात पार्ने पक्का छ।

२०७२ सालको आम बिनासकारी भूकम्पमा परी जन धनको क्षति पुगेका नुवाकोटका जनताको सेवामा अहोरात्र खटिएका महतको आफ्नै राजनिति छबि रहेको छ। नुवाकोटका जनताको घर कता फर्किएको र कस्ता अबस्थामा छन भन्ने कुरा रमेश महतलाई प्रष्ट थाहा छ। तसर्थ यस्ता ब्यक्तिलाई नुवाकोट कांग्रेसले सभापति बनाउन सक्यो भने अबस्य नै नुवाकोट कांग्रेसको भबिष्य उज्जवल हुने छ।

मृदुभाषी स्वभाब भएका महत साथी सर्कलमा पनि लोकप्रिय नै छन्। बिकाश निर्माणका कार्यमा सधै राम शरण महतको दाहिने हात भई काम गरेका महतसंग बिकास र संबृद्धिका थुप्रै गुरू योजनाहरू समेत रहेका छन्। तसर्थ यस्ता ब्यक्तिलाई यस पटक नुवाकोट कांग्रेसले एक पटक मौका दिनु पर्छ की भन्ने लाग्दछ।

प्रतिक्रिया